१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेकपाका अध्यक्ष पावेलले आफ्नै बुबालाई कुटरे घर निकाला गरे



दार्चुला : असोज १२ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दार्चुला जिल्ला अध्यक्ष गणेश खत्री (पावेल) ले आफ्नो बुबालाई धुलिभाङ कुटेका छन् । शनिबार राती उनको घरमा जग्गाको बिषयमा विवाद हुँदा नेता पावेल र उनकी श्रीमती हरिदेबी खत्री दुबै जनाले आफ्नै सहोदर बुबालाई धुलिभाङ कुटेर घर निकाला गरेका हुन् । घरायसी जग्गा जमिनको बिषयमा वादविवाद हुँदा अध्यक्ष खत्रीले मदिरा सेवन गरी आफ्नो बुबा देबसिंह खत्रीलाई कुटपिट गरी घर निकाला गरेको उमेश खत्रीले जानकारी दिए । नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता पावेलले आफुलाई कुटपिट गरेर घर निकाल गरेपछि उनका बुबा देबसिंह खत्रीले जिल्ला प्रहरी कार्यालय दार्चुलामा दिएको उजुरी दिए पनि प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको उमेश बिष्टले बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमबहादुर बिष्टले घरयासी विवाद भएकाले कारबाही गर्न नमिल्ने बरु अदालतमा मुद्दा हाल्न सुझाव दिएको नेता पावेलका भाई उमेश खत्रीले गुनासो गरे । नेता खत्रीले आफ्नै ७० बुबालाई कुटपिट गरेको खबर जिल्लामा डडेलो झै फैलए पनि समाचार माध्यमहरुमा भने नेता पावेलको चर्को दबाबले अहिलेसम्म यो बिषयमा समाचार प्रकाशित हुन नसकेको उमेश खत्रीले आरोप लगाए ।

सत्ता हातमा भएकाले मेरा दाई पावेलले आफ्नो पदको दुरपयोग गरेर घटनालाई दबाउन खोजेका छन् । नत प्रहरीले पनि उजुरी दर्ता गर्न मानेको छ नत समाचार माध्यमहरुले नै समाचार प्रकाशित गर्न । यसले मेरा दाई पावेलले पदको दुपयोग गरेको पुष्टि हुन्छ खत्रीले भने ।

स्रोत समाजवाद डटटिभी ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय