१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

काठमाडौं उपत्यकामा मात्रै साठी प्रतिशत कोरोना सङ्क्रमित



काठमाडौँं । काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सोमबार देशभर एक हजार ३५१ जनामा सङ्क्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्रै ठूूलो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो सङ्ख्या सोमबार देशभर थपिएको कुल सङ्क्रमित सङ्ख्याको ६०.४७ प्रतिशत हो । काठमाडौँमा मात्र देशभर सङ्क्रमण देखिएको सङ्क्रमित सङ्ख्याको ४८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !