१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

खेल सकिन छ घण्टा पाँच मिनेट लाग्यो



फ्रेन्च ओपन टेनिसका एक खेल सकिन ६ घण्टा पाँच मिनेट लागेको छ।

फ्रेन्च ओपनको इतिहासमा सबैभन्दा लामो समय खेलिएको खेलको सूचिमा दोस्रो नम्बरमा पर्‍यो लोरेन्जो जुस्तिनो र कोरेन्टिन मोउटेटबिचको प्रतिस्पर्धा ।

६ घण्टा पाँच मिनेट लगाएर लोरेन्जोले कोरेन्टिनलाई ०–६, ७–६ (९–७), ७–६ (७–३), २–६ र १८–१६ को सेटमा पराजित गरे ।

फ्रेन्च ओपनमा सन् २००४ मा स्पेनिस फाब्रिस सान्तोरो र फ्रेन्च अर्नाउड क्लेमेन्टबिचको खेल ६ घण्टा ३३ मिनेटमा सकिएको थियो ।

विम्बल्डन टेनिसमा सन् २०१० मा जोन इस्नर र निकोलास माहुटबिचको खेल तीन दिन लगाएर भएको थियो र सो खेलको अवधी ११ घण्टा पाँच मिनेट थियो ।

इटालियन जुस्तिनोले दोस्रो चरणमा अर्जेन्टिनी खेलाडी १२ औँ बरियताका डिएगो श्वार्टज्मनसँग प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय