८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

चर्चित जनकलाकार पुनसहित २ जना पक्राउ



काठमाडौं : असोज १३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी केन्द्रीय सदस्य तथा सामना सांस्कृृतिक परिवारकी चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको छ । महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा अवस्थित घरबाटै गृह प्रशासनले अत्यन्त कायरतापूर्वक गिरफ्तार गरेर सदरमुकाम लिवाङ पु¥याइएको भन्दै उक्त घटनाप्रति घोर आपत्ति प्रकट गरेकाछन् ।

जनताका प्रिय कलाकारहरूमाथि पटक पटक सामाजिक फासिवादी ओली सरकारले गरेको दमनको आफ्नो सङ्गठनले सशक्त प्रतिवाद गरेको थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको आमूल परिवर्तनमा जनकलाकारहरुले अद्वितीय भूमिका निर्वाह गर्दै आएको भन्दै क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा बलिदान, समर्पण, शौर्यको प्रतिबम्बको रुपमा रहेका कलाकारहरुमाथिको दमन अस्वीकार्य भएको थपलियाको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !