१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अमलाका फाइदाहरु जान्नुहोस्



अमलालाई पोषक तत्वहरुको राजा रुपमा लिइन्छ । अमलामा मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई स्वास्थ्य राख्न मात्र होइन विभिन्न रोगबाट समेत बचाउँछ । अमलालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । यसलाई काँचै खान सकिन्छ । यस्तै, अमलाको जुस, अचार वा जाम बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

यस्ता छन् अमलाका फाइदाहरु

अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । बूढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउछ ।

अमलाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।

अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ ।

अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ । दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।

यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ । अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।

यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।


प्रतिक्रिया दिनुहोस !