spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

फर्सीको तरकारी खानुका फाइदा

spot_img
spot_img

हामी सँबैको भान्सामा पाक्ने फर्सी स्वास्थ्यका दृष्टिकोणले निकै गुणकारी छ ।

फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । फर्सीको तरकारी मात्रै होइन् अरु धेरै परिकार बनाएर पनि खान सकिन्छ ।

यस्ता छन् फर्सीका फाइदाहरु

फर्सीमा फाइबर, भिटामिन ए, सी र इसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ जसले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

पहेँलो भएर पाकेको फर्सी झनै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ ।

मुटु रोगीका लागि समेत फर्सी निकै फाइदाजनक मानिन्छ ।

फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।

फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ ।

बियाँमा मनग्गे मात्रामा प्रोटिन, भिटामिन, एसिडहरू पाइन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्छ ।

फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरणशक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दत गर्छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: