४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

लकडाउनमा बन्द भएका थप क्षेत्र खुला गर्न छलफल



काठमाडौं । सरकारले कोरोना भाइरसका कारण बन्द रहेका क्षेत्रहरु खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने, खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि तयार गरेर लिएर आउने र छलफल गरेर निर्णयमा पुग्ने भन्ने भएको छ ।’

हाल विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र अझैसम्म बन्द छन् ।

बैठकले तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा उद्दार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । ‘तेस्रो मुलुकबाट उद्दारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर सिघ्र उद्दार गर्न बाँकी नेपाली नागरिकहरुको उद्दार गर्ने भन्ने निर्णय भएको छ’ सचिव गुरागाईंले भने ।

बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था मिलाउनेछ ।

सीसीएमसीका सदस्य एक मन्त्रीले भने हालसम्म प्रतिबन्ध गरिएका क्षेत्र दशैंअघि खुल्ने सम्भावना कम रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय