१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

काठमाडौं उपत्यकामा ९०२ सहित देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय