७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कस्ता ब्यक्तिले गर्न सक्छन बलत्कार ? बलत्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन !



गोपाल ढकाल, मनोबिद्,

पछिल्लो समय हत्या, हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । बलात्कारीको यौन अंग छेदन गर्नु पर्ने , मुत्यु दण्ड दिनु पर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन । तर बलात्कारका घटनामा यस्ता केहि मनोबैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा कमि आउदैन । मुत्यु दण्ड बा कडा कानुन बनाएर मात्र समस्याको समधान नहुन सक्छ । साथै शिक्षा , चेतनाको स्तर बढाउन समेत जरुरी हुन्छ।

बलात्कारका घटनाहरु किन हुन्छन?

यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन हेर्नुहोस यस्ता छन कारण ।

असामाजिक ब्यक्तित्ब :

जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्बसगँ सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलत्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।

यौनको लत :

यौनको लत लागेका ब्यक्तिहरु यौन प्रती अति नै आशक्त हुन्छन । कति गर्दा पनि उनिहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन ।

अप्राकृतिक यौन व्यवहार :

जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्बभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्ने पनि सम्भाबना हुन्छ ।

नैतिक पतन :

नैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो ब्यबहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलत्कारको सिकार हुन सक्छन ।

यौन कुण्ठा :

अबिबाहिक, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलत्कार गर्न सक्छ । लागू प्रदार्थको सेबन स् यसको सेबनगर्दा ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलत्कार गर्न पुग्छ ।

पोनोग्राफी र साईबर सेक्सको लत :

पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसगँ शारिरिक सम्बन्ध , आदिजस्ता श्रीषकका अस्लित भिडियो धेरै भेटिन्छन । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ती नैतिक रुपमा पतन भै हाडनाता करणी गर्न सक्छ ।

मानसिक रोग :

मेनिया जस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार पनि अब्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उसको शरिरमा शक्ति पनि बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलत्कार पनि गर्न सक्छ ।

शरिरिक कारण :

शरिरमा सेक्स हर्मन बढदा यौन चाहना बढन गई , आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलत्कारका घटना हुन पुग्छ ।

अति बिश्बास गर्नु :

घर परिबारका सदश्य बिच चाहिने भन्दा बढि घनिष्टता , अति बिस्बास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त बिच नै करणीका घटना हुन सक्छन् ।

मनोबैज्ञानिक असर :

सानोमा यौन दुर्ब्यबहारमा परेको ब्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।

यौन अनुशासन नहुनु :

सानैबाट यौन अनुशासन नभएको , पतित , बिखण्डित , अनुशासन हिन , चरित्र हिन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ ।

यी र यस्ता अन्य धेरै यौन समस्या ( बिचलन) , मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ । यस्ता ब्यक्तिलाई मानसिक रुपमा स्बस्थ ब्यक्ति मान्न सकिँदैन । किन कि मानसिक रुपमा स्बस्थ ब्यक्तिले समाजले स्बिकारेको मात्र ब्यबहार गर्छ । कुनै कार्य गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्ति मानसिक स्बास्थ्यका हिसाबले रोगी मानिन्छ ।

(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् )


प्रतिक्रिया दिनुहोस !