Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

लुम्बिनी सरकारलाई दिएको समर्थन पनि लियो फिर्ता एमालेले

spot_img
spot_img

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो। 

सहमतिको सरकार गठन गरेर राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले आजकै मितिदेखि लागु हुने गरि समर्थन फिर्ता लिएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।   

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट लुम्बिनी प्रदेशमा सहभागी मन्त्रीले राजीनामा दिने तयारी छ। मुख्यमन्त्री जोगबहादुर महराले बुधबार साँझ आयोजना गरेको रात्रीभोज कार्यक्रममा राजीनामा दिने तयारी रहेको श्रोतले जानकारी दिएको छ। 

पार्टीले दिएको समर्थन फिर्ता लिएसँगै आज नै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाउने तयारी रहेको लुम्बिनी प्रदेश अर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले जानकारी

लुम्बिनी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला  मन्त्री दिनेश पन्थी, सहरी विकास तथा खानेपानी मन्त्री भुमेश्वर ढकाल, वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसी र सामाजिक विकास मन्त्री रत्नबहादु खत्री रहनुभएको छ। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा नेकपा एमाले र अन्य केही साना दलहरुको समर्थनमा गत चैत्र २३ गते ४८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो। 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?