Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

पाल्पाको तानसेनमा मनाइयो घण्टाकर्ण

spot_img
spot_img

तानसेन बजारका विभिन्न स्थानमा नर्कटको तीनखुट्टे लिङ्गाकृति (गठाँमो) राखेर घण्टाकर्ण गठेमङ्गल पर्व मनाइएको छ । बजारका चोक चोकमा गठाँमो ठड्याइएको छ ।

तानसेनको बसपार्क, नारायणस्थान, शीतलपाटी, टक्सारटोललगायत स्थानमा घण्टाकर्णको लिङ्गाकृति नर्कट राखिएको छ । इतिहासकार तथा संस्कृतिविद् निर्मल श्रेष्ठका अनुसार नर्कटलाई दिनभर चोक, चौबाटो राखिन्छ । घाम अस्ताएपछि टोलवासी मिलेर छ्वालीको चिराग लगाएर नजिकैको नदीमा बिसर्जन गर्ने परम्परा रहेको छ । धान रोपेर सकिएपछि घरभित्रका दूषित कीटाणु, उपियाँ, उडुस भगाउन धूप बालेर धुवाँ पठाउने परम्परा रहेको हो ।

तानसेनका चोक तथा चौबाटामा राखेका नर्कटसँगै बालबालिकाले पैसा उठाएका थिए । यसरी ठड्याइएको नर्कटमा दुवै कानमा घन्टा झुन्ड्याइएको भयानक मुखाकृत घण्टाकर्णको मखुन्डो साथै तलतिर एकापट्टि लिङ्ग र अर्कोतर्फ योनीको चित्र राखिन्छ ।

तानसेन बजारमा श्रावण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण चतुर्दशी मनाएसँगै चाडपर्वको मौसम सुरु हुने स्थानीय बासिन्दा बताउँछन् । घण्टाकर्णको लिङ्गाकृति चौबाटामा राखेपछि तानसेनमा जात्राको मौसम सुरु हुने तानसेनका हास्य कलाकार किरण चित्रकारले बताउनुभयो । खेतीकिसानीको काम सकिएलगत्तै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन गठेमङ्गल मनाउने परम्परा छ ।

गठेमङ्गलका दिन दुष्ट आत्मा, भूतप्रेत पन्छाउन घर सफासुग्घर गरेर राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने प्रचलन छ । तानसेन र जिल्लाका नेवार बस्तीमा पहिले पहिले महिला गठेमङ्गलका दिन हातमा मेहदी लगाउने, खुसियाली मनाउने चलन रहेको थियो ।   

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?