Friday, September 27, 2024

ट्रेन्डिङ :

बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने

काठमाडौँ । एलन मस्कलाई बेलायत सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा निमन्त्रणा नदिएको विषय चर्चामा रहेको छ ।

गत महिना बेलायतमा भएको दंगाका क्रममा उनले सामाजिक सञ्जालमा पोष्ट गरेका कारण उनलाई यो सम्मेलनमा निमन्त्रणा नगरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

गत महिना साउथपोर्टमा छुरा प्रहार गरी तीन बालिकाको हत्या भएपछि देशभर हिंसात्मक झडप भएको थियो । यसपछि मस्कले बेलायती प्रधानमन्त्री कियर स्टाररलाई आफ्नो सामाजिक सञ्जाल एक्समा लगातार हमला गर्दै देश गृहयुद्धतर्फ गइरहेको उल्लेख गरेका थिए ।

आगामी अक्टोबरमा हुन लागेको लगानी सम्मेलनमा विश्वभरका ठूला लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएकोमा मस्कलाई बेलायत सरकारले निमन्त्रणा नगरेको बिबिसीले उल्लेख गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?