Friday, September 27, 2024

ट्रेन्डिङ :

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित बलियो, समय-परीक्षण मित्रतालाई पुन: पुष्टि गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?