Friday, September 27, 2024

ट्रेन्डिङ :

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ ।

बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।

बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन् । श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए ।

भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए ।

पहिलो दिन बर्षाले प्रभावित भएको खेल अब भोली शुरु हुने छ । २ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?