Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन

spot_img
spot_img

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन गरिएको छ ।

लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सम्पन्न विस्तारित बैठकबाट प्रदेश समितिको उपाध्यक्षमा बाबु खाँ पठान, सचिवहरु शिवपुजन यादव, सुशीला पौडेल शर्मा, शिवकुमार चौधरी र कोषाध्यक्षमा विद्या प्रसाद यादवलाई चयन गरिएको हो ।

त्यस्तै समितिको कार्यकारिणी समितिको सदस्यमा निरू गैरै, गौतम यादव, बच्चुलाल केवट, स्वामीनाथ शर्मा र महेमुद इद्रिसी चयन भएका छन् ।

जसपा नेपालको कार्यबाहक अध्यक्ष रामअवतार यादव र मुख्य सचिव राजन राना मगर रहेका छन् । बैठकबाट प्रदेश समितिको सदस्य पदमा जयन्तीदेवी श्रीवास्तव,  मो. सब्बिर अन्सारी , उत्तम गुप्ता र ईसरत मुकेरीलाई चयन गरिएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?