Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

संसद पुनर्स्थापनासंगै सांसदहरुले पुसदेखि रोकिएको तलब एकमुस्ट पाउने

spot_img
spot_img

काठमाडौं- प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब-सुविधा एकमुस्ट पाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब-सुविधा रोकेको थियो । फागुन ११ गते सर्वोच्च अदालबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् ।

फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने संसद सचिवालयले जनाएको छ । सांसदहरुको तलब मासिक ५५ हजार २३० रुपैयाँ छ । प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति र सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकको को ६० हजार ९७०, राष्ट्रिय दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकको ५७ हजार ७८० रुपैयाँ रहेको छ ।

यसका अलावा विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर खर्च, इन्धन खर्च, यातायात सुविधा, बिजुली धारा लगायतका शीर्षकमा पनि सांसदहरुले सुविधा पाउँछन् ।

सांसदहरुले तलब सुबिधा निम्न बमोजिम रहेको छ-

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?