Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद गायब, प्रदेशसभाको बैठक रोक्न माग

spot_img
spot_img

पोखरा- गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुने चरणमा रहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद अनुपस्थित भएपछि उनको खोजीका लागि निवेदन परेको छ । राजमो संसदीय दलकी सचेतक पियारी थापाले मतदानको परिस्थिति बनेका दिन आफ्नो दलका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्ने भन्दै सदनको कारवाही रोक्न माग गरेकी छन् ।

उनले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसमम सदनको कारवाही नचलाउन निवेदन दिएकी हुन् ।

यसैबीच सांसद शाही विरामी भएको र उनी उपचारका क्रममा रहेको उनका स्वकीय सचिव मिलन हमालले बताएका छन् । उपचारको सिलसिलामा रहेकाले सांसद शाहीको मोबाइल उनका भाइ विक्रम शाहीसँग रहेको समेत उनले बताएका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?