Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

मेलम्ची बाढीमा ५० औं वेपत्ता : स्वास्थ्यमन्त्री तामाङ

spot_img
spot_img

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले झण्डै ५ सय घर डुबानमा परेका छन् । बाढीमा परि ५० जनाभन्दा बढी वेपत्ता भएको अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले बाढीमा परि पचासौं जना वेपत्ता भएको खबर आएको फेसबुकमार्फत जानकारी दिएका छन् । उनका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ । बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ ।

तामाङ सोही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी निवर्तमान सांसद हुन् । प्रहरीले भने वेपत्ता सातजना पुष्टि भएको र बाँकी के कति एकिन विवरण नआएको बताएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको बताईएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध पनि ध्वस्त बनाएको खबर छ । हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनमा पनि बाढी पसेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?