Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

सम्झौता भएको मध्ये करिब ७३ प्रतिशत काम सम्पन्न: दूरसंचार प्राधिकरण

spot_img
spot_img

काठमाडौँ । देशभर ब्रोेडब्यान्ड नेटवर्क तथा कनेक्टिभिटी पुर्याउने उद्देश्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएका परियोजनाको सम्झौता भएमध्ये ७२.७० प्रतिशत काम सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत कुल १८ प्याकेजमध्ये प्राधिकरणले १७ वटा प्याकेजमा सम्झौता गरेको छ । सम्झौता अनुसार कुल १४ हजार ४६८ स्थानमा ब्रोडब्यान्ड जडान गर्नुपर्नेमा हालसम्म उल्लेखित प्रगति भएको प्राधिकरणले जनाएको छ ।

जडान भएमध्ये ४६९ स्थानीय निकायको कार्यालय, तीन हजार ९३७ वडा कार्यालय, तीन हजार २९० माध्यमिक विद्यालय र दुई हजार ८२२ स्वास्थ्य संस्था छन् । प्राधिकरणले कुल १८ वटा प्याकेजमा गरी देशभर १६ हजार ६०१ स्थानमा ब्रोडब्यान्ड जडान गर्ने लक्ष्य राखेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर ब्रोडब्यान्ड नेटवर्क विस्तार र जडानको जिम्मेवारी दिएको छ । यो परियोजनाका लागि पाँच अर्ब २६ करोड ९७ लाख रुपियाँको सम्झौता भए पनि भदौ मसान्तसम्म दुई अर्ब ६२ करोड १४ लाख रुपियाँ मात्र भुक्तान गरिएको प्राधिकरणले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?