Sunday, September 8, 2024

ट्रेन्डिङ :

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ- ‘हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा. हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।’

परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु  भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?