शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको ११ तोला सुन, १ सय तोला चाँदी ८ आना जमिन लगायत रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सो विवरणमा काभ्रेमा ८ आना ६ पैसा ३० जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। सो जग्गा आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ।
यस्तै ११ तोला सुन रहेको र उक्त सुन उनले विवाहमा उपहार पाएको उल्लेख छ। त्यस्तै उनीसँग हिराको हार एक सेट, हिराको टप एक सेट र चाँदी सय तोला रहेको छ।
उनले हिराको हार र चाँदी विवाहमा उपहार पाएको र हिराको टप भने हजुरआमाले उपहार दिएको उल्लेख गरिएको छ। यस्तै पारिश्रमिकबाट १ करोड ५२ लाख रुपैयाँ नगद रहेको छ उल्लेख छ।
त्यस्तै ३ कमपनीको शेयर रहेको छ भने बाबुले दिएको नबिल बौंकको ७४९ कित्ता सेयर छ। उनीसँग १ लाख ८५ हजार मूल्य बराबरको स्कुटर र कम्पनीको नाममा रहेको २० लाख रुपैयाँ मूल्य बराबरको इभी गाडी छ।