Sunday, September 8, 2024

ट्रेन्डिङ :

चराको प्वाँख २८ हजार डलरमा बिक्यो

काठमाडौँ । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ । 

लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ ।

यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो ।

न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो ।

दुई–तीन दशकअघि पनि यसको दर्शनका केही अपुष्ट समाचारहरू आएका थिए ।

यो चरा यसको जम्प गर्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो। सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?