Sunday, September 8, 2024

ट्रेन्डिङ :

गरुडाका मेयरद्वारा मन्दिरको शिलान्यास, विद्यालय जीर्णोद्वार

रौतहट- रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मन्दिरको शिलान्याससँगै विद्यालय भवनको जिर्णोद्वार कार्य शुभारम्भ गरेका छन्।

मेयर जैसवालले एक समारोहबीच गरुडा नगरपालिका ४ गरुडा गाउँमा निर्माण हुन गइरहेको राम मन्दिरको शिलान्यास गरेका हुन्।

कुल ४० लाखको लागतमा निर्माण हुने मन्दिरको शिलान्यास समारोहमा गरुडा नगरपालिकाका जनप्रतिनिधिलगायत स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।

त्यस्तै, गरुडा नगरपालिका-७ प्राथमिक विद्यालय भिमडावरको जीर्णोद्वार कार्य सुरू भएको छ। मेयर कन्थमणि विद्यालयमा पुगेर वाल, प्लास्टर, तथा तीन कोठे छाना निर्माणको कामको शुभारम्भ गरेका थिए।

केही समयअगाडि निरीक्षण गरिएको उक्त विद्यालयको अधुरा रहेका कामहरू तत्काल गराउनु पर्ने भएकाले सो काम सुरू गरिएको मेयर जैसवालले बताएका छन्। उक्त कार्य नगरस्तरीय विकास कोषद्वारा १० लाखको लागतमा निर्माण हुँदैछ।

‘हामीले ज्ञान हासिल गर्ने संस्थाकै विकास भएन भने यहाँ अरू विकासले खासै अर्थ राख्दैन। यसकारण गरुडा नगरपालिका शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेका छौं,’ उनले भने।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?