Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

शपथमा सहभागी हुन मोदीले फोनबाटै निम्तो दिए, प्रचण्डले मन्त्रिपरिषद्बाट निर्णय गराए

spot_img
spot_img

काठमाडौं । तेस्रो पटक भारतको प्रधानमन्त्री बन्दै गरेका नरेन्द्र मोदीले आफ्नो शपथ समारोहमा सहभागी हुन टेलिफोनबाटै दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएका छन्। मोदीको मौखिक आमन्त्रणअनुसार औपचारिक निमन्त्रणा प्राप्त भएपछि शपथ समारोहमा सहभागी हुन शनिबार दिल्ली जाने तयारी प्रचण्डले गरिरहेका छन्। मोदीले आइतबार साँझ तेस्रो पटक भारतको प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिबाट शपथ लिने कार्यक्रम छ। शपथ समारोहमा मोदीले नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई निमन्त्रण गरेको बताइए पनि को को सहभागी हुनेछन् भन्ने प्रष्ट भैसकेको छैन।

भारतको १८ औँ निर्वाचनबाट लोकसभाका ५४३ सिटमध्ये प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन नेसनल डेमोक्र्याटिक अलायन्स (एनडीए) ले २९२ सिट जितेको छ भने विपक्षी कंग्रेसको गठबन्धन इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (इन्डिया) ले २३३ सिट जितेको छ। एनडीएले बहुमत प्राप्त गरेसँगै मोदीका लागि तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?