काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूलाई विश्वकप बाहेकका कार्यक्रममा सहभागी नगराउन ध्यानाकर्षण गराएको छ । शुक्रबार राखेपको खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई एक पत्रमार्फत नेपाली समाजको नाममा विभिन्न स्थानमा हुने कार्य्रकमा सहभागी नहुन भनेका छन् ।
राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनै पनि खालका कार्यक्रममा सहभागी नहुन तथा नगराउन र आफ्नो खेलमा पूर्णरूपमा केन्द्रित भएर काम गर्न क्यानलाई निर्देशन दिएको छ । यसअघि अमेरिकामा क्यानका पदाधिकारी र खेलाडीहरू स्थानीय कार्यक्रममा सहभागी भएको समाचार प्रकाशित भएको थियो ।