Friday, October 18, 2024

ट्रेन्डिङ :

काठमाडौंमा उखरमाउलो गर्मी, काठमाडौंको तापक्रम विराटनगरभन्दा बढी, यस्तो छ कारण

काठमाडौं । सोमबार कोसी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गरिसकेको भए पनि पश्चिमतर्फ मनसुनी प्रणालीको प्रभाव भने पुगेको छैन। मौसम महाशाखाका अनुसार हाल पूर्वी भेगमा मात्र मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। नेपालमा मनसुन जहिले पूर्वबाट भित्रिन्छ र बिस्तारै पश्चिमसम्म फैलिन्छ। अहिले मनसुन कोसी प्रदेशको पनि पूर्वी भागमा मात्र सीमित भएकाले त्यसयता मौसम बदली र वर्षाको सम्भावना कमै देखिएको छ। जसका कारण पश्चिम तराईमा अत्यधिक गर्मी भइरहेको मौसमविद् बताउँछन्।

त्यसो त काठमाडौँ उपत्यकामा पनि तुलनात्मक रुपमा गर्मी छ। सोमबार काठमाडौंको तापक्रम विराटनगरको भन्दा पनि बढी रह्यो । काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ। तर ‘मनसुनको प्रभाव परेकाले विराटनगरमा भने तापक्रम कम घटिरहेको छ । सोमबार विराटनगरमा अधिकतम तापक्रम काठमाडौँको भन्दा कम अर्थात् ३३.६ डिग्री सेल्सियस मापन भएको छ। मौसमविद्हरुका अनुसार मनसुनी प्रणालीको प्रभाव नआउँदासम्म पश्चिमी तराईमा भने अझै केही दिन गर्मी नै रहने छ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?