Saturday, September 7, 2024

ट्रेन्डिङ :

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि पाण्डेलाई विश्वासको मत दिएका थिए । देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ । 

यो सँगै गुरुङ गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यस अघि नै नियुक्त भइसकेका छन् ।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ । सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले आजै मन्त्रिपरिषद बिस्तार गरि आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?