Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

इतिहासको कठिन स्थितिबाट गुज्रिरहेको श्रीलंकासँग नेपालको भीडन्त, यी पाँच खेलाडी नेपाललाई हुुन सक्छन् खतरा

spot_img
spot_img
spot_img

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको ट्वान्टी-२० पुरुष विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक टेस्ट नेशन श्रीलंकाविरुद्ध खेल खेल्दैछ । अमेरिकाको लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालामा नेपाल र श्रीलंका बुधबार आमने सामने हुँदैछन् । पछिल्लो समय आफ्नो क्रिकेट इतिहासको नराम्रो लयबाट गुज्रिरहेको श्रीलंकाविरुद्ध नेपालले आफ्नो वल्र्डकपको दोस्रो खेल खेल्न लागेको छ । यी दुई टोलीबीचको यो पहिलो अन्तर्राष्ट्रिय भीडन्त हो ।  भोलि बिहान सवा पाँच बजे खेल हुुनेछ । 

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले अबको ६ दिनमा तीन टेस्ट राष्ट्रसँग खेल्ने छ, त्यसको सुरुआत श्रीलंकाबाट गर्न लागेको हो । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूहचरणको अन्तिम दुई खेल खेल्ने छ । श्रीलंकाले सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा समूहचरणको अन्तिम खेल खेल्ने छ । नेपाललाई सुपर ‘एट’ मा पुग्न बाँकी खेल जित्नु पर्ने दबाब रहेको छ । समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिकासँग ६ विकेटले र बंगलादेशविरुद्ध २ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । लउडरहिलमा नेपालको यो पहिलो खेल हो । यस मैदानमा नेदरल्यान्ड्स र आयरल्यान्डविरुद्ध दुई अभ्यास खेल खेलेकाले श्रीलंका यहाँको विकेटसँग परिचित छ ।

पहिलो अभ्यास खेलमा नेदरल्यान्ड्सले १८१–६ को स्कोर बनाएको थियो भने जवाफमा आएको श्रीलंका १९ ओभरमा १ सय ६१ रनमा अलआउट भएर २० रनको पराजय भोगेको थियो । आयरल्यान्डविरुद्धको दोस्रो अभ्यास खेलमा श्रीलंका ४१ रनले विजयी भएको थियो । पहिला ब्याटिङ गरेको श्रीलंकाले १६३–८ को स्कोर बनाएको थियो । आयरल्यान्ड १० बल अगाडि १ सय २२ रनमा अलआउट भएको थियो ।

अमेरिकामा राम्रो फिनिसिङ नभएकाले पीचहरुमा रन बनाउन सबै टीमहरुलाई कठिन भइरहेको छ । लडरहिलको पीच भने अन्य ठाउँकोभन्दा ब्याट्सम्यानका लागि बढी अनुकूल छ । यद्यपि सुरुवाती ओभरको तुलनामा विस्तारै पिच स्लो हुँदै जाने भएकाले पहिलो इनिङमा ब्याटिङ गर्ने टीमलाई फाइदा मिल्ने छ । अहिलेको श्रीलंका विगतमा जस्तो बलियो छैन । सनथ जयसुर्या, मर्बन अट्टापट्टु, कुमार सांगकारा, महेला जयवर्द्धने, तिलकरत्ने दिसान र मुरलीधरन जस्ता दिग्गज खेलाडीहरुको पुस्ता एकै समयमा रिटायर्ड भएपछि श्रीलंकाली क्रिकेटको स्तर खस्किन थालेको थियो । अहिलेसम्म पनि टीमले आफ्नो पुरानो साख फर्काउन सकेको छैन । तर श्रीलंकाका सबैभन्दा खतरनाक फर्ममा नुवान थुसरा देखिएका छन् । बंगलादेशविरुद्धको म्याच उनले झण्डै एक्लैले जिताईदिएका थिए ।

नेपालका लागि पनि सबैभन्दा ठूलो चुनौती भनेको श्रीलंकाको विविधतापूर्ण बलिङ सामना नै हो । नेपाली ब्याट्सम्यानहरुले योस्तरको बलिङमा विरलै खेल्न पाएका छन् । खासगरी श्रीलंकाका फास्ट बलरहरु झेल्न नेपाली ब्याट्सम्यानलाई सहज हुनेछैन । यद्यपि सम्हालिएर खेलेको खण्डमा नेपालले विश्वकपको एउटा उलटफेर नतिजा अवश्य दिनसक्छ । भोलिको खेलमा दुवै टीमका लागि ठूलो चिन्ताको विषय भनेको सम्भावित वर्षा हो । सोमबार खराब मौसमका कारण श्रीलंकाले नियमित अभ्यास गर्न पाएन । बुधबार पनि वर्षाको उच्च सम्भावना रहेको भविष्यवाणी गरिएको छ । वर्षाले खेल अवरुद्ध भयो भने दुवै टीमलाई ठूलो धक्का पुग्नेछ । श्रीलंकाको सुपर ८ सम्भावना लगभग समाप्त हुनेछ भने नेपालले एउटा बलियो टेस्ट राष्ट्रसँग पहिलो पटक भिड्ने अवसर गुमाउनेछ ।

नेपालका लागि घातक हुन सक्ने पहिलो खेलाडी हुन्, श्रीलङ्काका कप्तान वानिदु हसरंगा । अलराउन्डर हसरंगा ब्याटिङ र बलिङ दुवैतर्फ प्रभाव छाड्नसक्ने खेलाडीको रूपमा चिनिन्छ । यो विश्वकपमा ब्याटिङमा चल्न नसकेका उनले बलिङमा भने राम्रो प्रदर्शन गरेका छन् । उनले ६७ टी-२०आई क्रिकेटमा १०८ विकेटसहित ब्याटिङतर्फ ६५० रन जोडेका छन् । उनी टी-२० आई क्रिकेटमा छिटो १०० विकेट पूरा गर्नेको दोस्रो सूचीमा छन् । त्यस्तै श्रीलङ्काका ओपनिङ ब्याटर पाथुम निसांका पनि राम्रो खेलाडी हुन् । उनले ट-२० विश्वकपको बंगलादेशविरुद्धको खेलमा ४७ रन जोडेका थिए । निसांकाले ५० खेलमा १२८१ रन जोडेका छन् । उनी ओडीआईका उत्कृष्ट ब्याटर हुन् । उनले गत फेब्रुअरीमा अफगानिस्तानविरुद्धको ओडीआईमा अविजित दोहोरो शतक प्रहार गरेका थिए ।

त्यसै गरि श्रीलङ्काका विकेट किपिङ ब्याटर कुशल मेन्डिस पनि नेपालका लागि घातक खेलाडी सबबित हुन सक्छन् । २९ वर्षीय कुशलले ६६ टी-२० खेलमा १५८३ रन जोडेका छन् । आईसीसीको टी २० ब्याटिङतर्फ २१ औं वरियतामा छन् । श्रीलङ्काका मिडियम फास्ट बलर नुवान तुसारा उत्कृष्ट लयमा छन् । उनले टी-२० विश्वकपका दुई खेलमा ५ विकेट लिएका छन् । उनले बंगलादेशविरुद्ध ४ र दक्षिण अफ्रिकाविरुद्ध १ विकेट लिएका हुन् । श्रीलङ्काको टीमबाट १० वटा टी-२० आई खेल खेलेका नुवानले १६ विकेट लिएका छन् । त्यसै गरि श्रीलङ्काका युवा बलर मथिसा पाथिराना पनि नेपालका लागि खतरा हुन सक्छन् । २१ वर्षीय फास्ट बलर मथिसाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन् २०२२ मा डेब्यु गरेका उनले ८ वटा टी २० खेलमा १२ विकेट लिएका छन् ।

नेपालका कप्तान रोहित ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एक सय चौकाको कोशेढुंगाभन्दा ५ चौकाले पछाडि छन् । रोहितभन्दा बढि चौका नेपालबाट दीपेन्द्रसिंह ऐरी (१२६), कुशल भुर्तेल (१११) र आसिफ शेख (१००) ले चौका मात्र प्रहार गरेका छन् । रोहितले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा कुल ५ चौका प्रहार गरेका थिए । श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले २०२१ मा भएको विश्वकपमा १६ विकेट लिएका थिए, जुन एकै ट्वान्टी-

२० विश्वकपमा सवैभन्दा बढी विकेटको कीर्तिमान हो । थप ३ विकेट लिएमा श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले ट्वान्टी २० विश्वकपमा सर्वाधिक ३८ विकेट लिने श्रीलंका खेलाडीमा रहेको लासिथ मालिङ्गाको कीर्तिमानलाई बराबरी गर्नेछन् ।

नेपालले पनि सुपर ८ को अघिल्लो चरणको सम्भावना बलियो बनाउन श्रीलंकामाथि विजयी हात पार्नुपर्ने हुन्छ । अघिल्ला दुई खेलमा पराजय भोगेका कारण श्रीलंकाको मनोबल कमजोर भएको आंकलन गरिएको छ भने नेपालले पनि त्यसकै फाइदा उठाएर भोलिको खेलमा श्रीलंकालाई पराजित गर्ने लक्ष्य राखेको छ । जारी विश्वकपमा एसोसिएट राष्ट्रले टेस्ट राष्ट्रमाथि जित हात पारिराख्दा नेपालले पनि श्रीलंकाविरुद्ध अप्रत्याशित नतिजाको अपेक्षा गरेको छ ।

विश्वकपमा नेपालले अहिलेसम्म एक मात्र खेल खेलेको छ। डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली ब्याटिङलाइनअप संयमित बन्न नसक्दा १०५ रनमा अल आउट भयो । पुरै ओभर खेल्न सकेन। यदि पुरा ओभर खेल्दै ठूला सटको चक्करमा विकेट नगुमाएको भए १३० देखि ५० को हाराहारीमा स्कोर पुर्याएको भए नतिजा नेपालको पक्षमा आउन सक्थ्यो । त्यस्तै तर डच खेलाडीले पटक पटक जिवनदान पाउनु र रोक्न सक्ने केही बाउन्ड्रीहरु जोगाउन नसक्दा नेपालको हातबाट खेल फुत्किएको थियो।

उता श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग न्यूयोर्कमा प्रतिस्पर्धा गरेको थियो। खराब ब्याटिङ गरेको श्रीलंका आफ्नो टी-२० विश्वकप इतिहासकै कम योगफल अर्थात ७७ रनमा समेटियो। तुलनात्मक रुपमा कठिन पिचमा श्रीलंकाका केबल तीन खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाए। कुशल मेन्डिसको १९ रन सर्वाधिक रह्यो। उनी बाहेक कमिन्डु मेन्डिस र एन्जेलो म्याथ्युजले १६ रन बनाएका थिए। पहिलो खेल २२ बल अगावै ६ विकेटले हारेको श्रीलंका दोस्रो खेलमा पनि आफ्नो लय भेटाउन सकेन। डालसमा बंगलादेश विरुद्ध दोस्रो खेल खेलेको श्रीलंका १२४ रनमा समेटियो। बंगलादेशले श्रीलंकालाई टी २० विश्वकपमा पहिलो पटक हरायो। ६ बल बाँकी हुँदा ८ विकेट गुमाएर बंगलादेशले तुलनात्मक रुपमा कमजोर स्कोर पुरा गर्‍यो। यसको अर्थ अमेरिकामा श्रीलंकाको ब्याटिङ चलिरहेको छैन्। अनि हरेक जस्तो मैदानमा बलर हावी छन्।

जारी विश्वकपमा २१ खेल सकिएका छन्। तर टिमहरुले अपेक्षित रन बनाउन सकिरहेका छैनन्। अहिले सम्म केवल एउटा खेलमा २ सय रनको स्कोर पार भएको छ। १५० देखि १६० को बिचमा ४ टिमले रन बनाउँदा त्यो भन्दा माथि र २०० रन भन्दा तल ३ खेलमा रन बनेका छन्। सर्वाधिक ८ खेलमा १ सय ४० भन्दा तलको स्कोरमा रन बनेका छन्। अझ १ सय भन्दा माथि र १ सय ३० भन्दा तल ४ खेलमा रन बनेका छन्। सबैभन्दा कम रन जोगाउने टोली जारी विश्वकपमा दक्षिण अफ्रिका बनेको छ। उसले बंगलादेश विरुद्ध ११३ रनको लक्ष्य जोगाउँदै जित निकाल्यो। अर्थात् बंगलादेश ११३ रनको लक्ष्य पछ्याउँदा १०९ रनमा समेटिन पुगेको थियो। यस्तोमा श्रीलंका र नेपाल बीचको खेलमा १३० देखी १५० रन पहिलो इनिङमा बनाउने टोलीले कडा चुनौती दिन सक्ने छ। त्यो भन्दा माथि रन बनाएमा जित्ने सम्भावना ८० प्रतिशत माथि हुने छ।

भोलिको खेलमा दुवै टीमका लागि ठूलो चिन्ताको विषय भनेको सम्भावित वर्षा हो । सोमबार खराब मौसमका कारण श्रीलंकाले नियमित अभ्यास गर्न पाएन । बुधबार पनि वर्षाको उच्च सम्भावना रहेको भविष्यवाणी गरिएको छ । वर्षाले खेल अवरुद्ध भयो भने दुवै टीमलाई ठूलो धक्का पुग्नेछ । श्रीलंकाको सुपर ८ सम्भावना लगभग समाप्त हुनेछ भने नेपालले एउटा बलियो टेस्ट राष्ट्रसँग पहिलो पटक भिड्ने अवसर गुमाउनेछ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?