Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

राष्ट्रपतिद्वारा कुवेतका नव पदभार ग्रहण गर्नु भएका अमिरलाई बधाई

spot_img
spot_img
spot_img

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमिरका रूपमा पदभार ग्रहण गर्नुभएकोमा शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहलाई बधाई दिनुभएको छ । एक बधाई सन्देश पठाउनुहुँदै राष्ट्रपति भण्डारीले सन् १९७२ मा नेपाल र कुवेतबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएदेखि उत्कृष्ट सम्बन्ध रहेको औँल्याउनुभएको छ ।साथै दुईपक्षीय सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

बधाई तथा शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले मित्रराष्ट्र कुवेत र त्यहाँका जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?