Wednesday, September 18, 2024

ट्रेन्डिङ :

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १०७ कार्टुन मदिरा बरामद

राजविराज । सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिगएको मोबाईल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा) सहित ओसारपसारमा संलग्न दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने बर्ष २६ को नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने बर्ष २४ को रोहित मुखिया रहेका छन् ।

उनीहरुलाइ बरामद मदिरासहित थप कारवाहीको लागि राजबिराज भन्सार कार्यालय तिलाठिमा बुझाईएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?