Friday, October 18, 2024

ट्रेन्डिङ :

बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा

पौराणिक सहरकारूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बन्दीपुरलाई थप आकर्षक बनाउन संरक्षित क्षेत्रको रुपमा विशेष पौराणिकता झल्काउन लागिएको हो ।

बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गर्नुभएको हो ।

बन्दीपुरमा आउने पर्यटकको लगत राख्न र घरबास (होमस्टे) होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गरिने, घरबासको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गरी घरबास सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायत पर्यटकीयस्थलको संरक्षण, सवद्र्धन र प्रवद्र्धन गरिने अध्यक्ष थापाले बताउनुभयो । 

स्थानीय उत्पादनको पहिचान गर्ने र बजार सम्भाव्यता अध्ययन गरी उक्त उत्पादनको ब्रान्डिङ गरिने, पालिकाले सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादन गरेका हस्तकलासम्बन्धी सामानको कोसेली घरमार्फत बिक्रीवितरण गरिने थापाले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यमा क्रमशः खुला व्यायामशाला विस्तार गर्दै लगिने, पर्यटकीय क्षेत्रमा रहेका प्राकृतिक शिलालाई थप आकर्षक बनाइने, बन्दीपुरका २५ पोखरी तालपार्कको निर्माण यसैवर्ष सुरुआत गरिने जनाइएको छ । साथै बृहत् झप्रीफाँट जलाशय र देवीथुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन गरी अगाडि बढाइने, पर्यटन पूर्वाधार विकास गरी बन्दीपुरको हरेक गाउँ पर्यटकीय ठाउँकारुपमा प्रवद्र्धन गरिने थापाले उल्लेख गर्नुभयो । 

बन्दीपुरको पर्यटनलाई विस्तार गर्दै हस्तकलासम्बन्धी सामग्री, टुरिस्टगाइड हस्पिटालिटी तालिम, होमस्टे तालिम, रैथाने बाली परिकारलगायतका सीपमूलक तालिम सञ्चालन गरी कोसेली घरलाई थप प्रभावकारी बनाइने थापाले बताउनुभयो । 

बन्दीपुरको पर्यटनलाई थप उचाइ प्रदान गर्न देशका ठूला सहर काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनीलगायतका स्थानमा ‘घुम्न जाउँ है बन्दीपुर’ अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?