Friday, September 20, 2024

ट्रेन्डिङ :

चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान गर्नुभएको छ ।

चीनले विशेष गरी जेनेरेटिभ एआईको क्षेत्रमा ध्यान दिईरहेको छ । संयुक्त राष्ट्र सङ्घले बुधबार बेइजिङ विश्वव्यापी रूपमा जेनेरेटिभ एआई पेटेन्ट दर्ताको अग्रणीमा रहेको बताएको छ । 

अमेरिका र अन्य देशहरूले चिनियाँ प्रविधिलाई जासुसी कार्यका लागि प्रयोग गर्न सकिने दाबी गरेको छ । तसर्थ चीनको हुवावे कम्पनीले इन्टेल एआई प्रविधिद्वारा सञ्चालित कम्प्युटरको अनावरण गरेपछि अप्रिलमा वासिङ्टनले केही चिप निर्यातका लागि इजाजतपत्र रद्द गरेको थियो । 

चिनियाँ प्रधानमन्त्री लीले बिहीबार देशहरूलाई खुला मानसिकता राख्न र एआईमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन आग्रह गर्नुभयो । 

“प्रत्येक देशका लागि एआई प्रविधिको आफ्नै फाइदाहरू छन्, त्यसैले हामीले आपसी सहयोगमा संलग्न हुनुपर्दछ,” लीले साङ्घाईमा आयोजित विश्व एआई सम्मेलन (डब्ल्यूएआईसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो ।

चिनियाँ प्राविधि कम्पनीहरूले बहु–दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा धेरै नयाँ एआई उत्पादनहरू अनावरण गर्ने अपेक्षा गरिएको छ ।

लीले देशहरूलाई ‘सीमापार डाटाको आवगमन, उपकरणको स्वतन्त्र व्यापार र पूर्वाधारको कनेक्टिभिटी’ लाई बढावा दिन आग्रह गर्नुभयो ।

उहाँले एआई प्रविधिको द्रूत विकासले ल्याएको जोखिमलाई पनि अन्तर्राष्ट्रियरूपमा ठोस ध्यान दिन आवश्यक रहेको चेतावनी दिनुभएको छ ।    

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?