Tuesday, September 17, 2024

ट्रेन्डिङ :

रौतहटमा १ हजार ७०० वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

सञ्जय मिश्रा

रौतहट- रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका-८ कबिर चोकबाट भारतीय कुखुराको चल्ला बरामद गरेको हो।

भारतका केही व्यापारीले ल्याएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद चल्लालाई जिल्ला कुखुरा व्यवसायी किसान संघको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

सशस्त्र प्रहरीको टोली देखेपछि व्यापारी फरार भए पनि उनीहरूले प्रयोग गरेको बिआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकललगायत साइकलहरू बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्।

बरामद सवारीसाधन आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?