Monday, March 31, 2025

ट्रेन्डिङ :

रिपब्लिकन नेता ट्रम्पसँगको बहस ‘कमजोरी र संज्ञानात्मक ह्रासको प्रमाण हुनै नसक्ने’ बाइडेनको दावी

spot_img
spot_img

अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडनले ह्वाइट हाउसको निर्वाचनबाट अलग्गिनु पर्ने आवाज उठिरहेका समय शनिबार पनि उहाँको दलका नेता तथा शुभेच्छुकबीच राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दिने वा नदिने बिषयमा तर्क वितर्कहरू भएका छन् । 

शुक्रबार टिभीमा दिएको अन्तर्वार्तामा राष्ट्रपति बाइडेनले धेरै समय अमेरिकी समुदायमा चर्चा भइरहेको घट्दो मत सङ्ख्या र प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्धको निराशाजनक प्रदर्शनका कारण उहाँले राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्न उहाँकै दलका कतिपय नेताहरूले गरेको आग्रहविरूद्ध प्रतिरक्षा गर्न खर्चिनुभएको थियो । उहाँले बहसमा भएको कमजोरी आफ्नो मानसिक र शारीरिक तन्दुरुस्तीको कारण भएको भन्ने नेताहरूको चिन्तालाई अन्तवार्तामा ठाडै अस्वीकार गर्नुभएको थियो । 

उहाँले भन्नुभयो, “चर्को चिसोका कारण बहसमा कमजोरी देखिएको हुनसक्छ । यो कमजोरी र संज्ञानात्मक ह्रासको प्रमाणको साटो ‘खराब रात’ मात्र थियो । 

एकासी वर्षीय राष्ट्रपति बाइडेनले आफ्नो अभियान अन्त्य गर्न दबाब नदिइनु पर्ने अडान राख्नुभएको हो । 

उहाँले भन्नुभयो, “यदि सर्वशक्तिमान प्रभु तल आउनुभयो र जो प्रतिस्पर्धाबाट बाहिर निस्कनुहोस् भन्नुभयो भने म प्रतिस्पर्धाबाट पछि हट्नेछु । तर उहाँ तल आउनुहुन्न ।” 

तथापि, कम ईश्वरीय हस्तक्षेपको लागि आह्वानहरू बलियो भएको देखिन्छ । 

उहाँको आफ्नै डेमोक्र्याटिक पार्टीभित्रको असहमतिका स्वरहरू बढेका छन् । दलका पाँच जनाले व्यक्तिगत रूपमा राजीनामाको लागि प्रत्यक्ष आह्वान गरेका छन् र केही प्रमुख दाताहरूले यदि बाइडेनले लाई निरन्तरता दिन आग्रह गरे मा कोष कटौती गर्ने धम्की दिएका छन् । 

“मलाई विश्वास छैन कि राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पविरुद्ध प्रभावकारी रूपमा प्रचार गर्न र जित्न सक्नुहुन्छ,” अमेरिकी संसद्मा डेमोक्र््याट पाटीका प्रतिनिधि एन्जी क्रेगले शनिबार भन्नुभयो । 

संसद्मा डेमोक्र््याट पार्टीका नेता हकीम जेफ्रिजले आइतबारका लागि वरिष्ठ डेमोक्र््याट प्रतिनिधिहरूको भर्चुअल बैठक तय गर्नुभएको छ र डेमोक्र््याट सिनेटर मार्क वार्नरले माथिल्लो सदनमा यस्तै फोरम बोलाउन पहल गरिरहेको बताइएको छ । 

बाइडनको चुनावी अभियान टोलीले पेन्सिलभेनियामा आइतबार एक कार्यक्रम आयोजना गर्ने र यसै महिनाको अन्त्यमा अन्य राज्यहरूको भ्रमण गर्ने योजना बनाएको छ ।

शुक्रबारको अन्तर्वार्ताअघि विस्कन्सिनमा आयोजित एक ¥यालीमा बाइडेनले सशक्त र ऊर्जावान ‘स्टम्प स्पीच’ दिँदै भन्नुभएको थियो, “ट्रम्पलाई मैले हराउन सक्छु । म नै प्रतिस्पर्धामा रहनेछु ।”    

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?