Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा

काठमाडौँ । नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेदरल्याण्डसको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १-० गोलले अगाडी रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए ।

यो जितपछि नेदरल्याण्डसले अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन् । त्यस्तै यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ ।                     

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?