Sunday, September 8, 2024

ट्रेन्डिङ :

बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन् ।

एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने-‘जबसम्म भगवान आफैं नआउनुहुन्छ र मलाई उम्मेदवारी छोड्न भन्नुहुन्छ, तबसम्म म पद त्याग्ने छैन ।’

डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धारणा बलियो हुदै गएको छ । डेमोक्रेटिक पार्टीका नेता, कार्यकर्तादेखि अब चुनावको लागि चन्दा दिने कम्पनी र व्यक्तिहरुले समेत बाइडेनले आफ्नो उम्मेदवारी छोड्नुपर्ने बताउन थालेपछि दबाब बढेको छ । ८१ बर्षिय बाइडेनको शारीरिक अवस्था र स्वास्थ्यका कारण उनले चुनावी क्याम्पेनमा ट्रम्पलाई चुनौती दिन नसक्ने र चुनाव जितेपछि राष्ट्रपतिको काम गर्न नसक्ने दलिल दिन शुरु गरिएको छ । तर बाइडेनले आफु राष्ट्रपतिको चुनाव लड्नेछन् र ट्रम्पलाई हराउने विश्वास व्यक्त गरेका छन् । 

बाइडेनलाई उम्मेदवारी छोड्न दबाब बढिरहेका बेला उपराष्ट्रपति कमला ह्यारिश डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बढिरहेको विश्लेषण हुन लागेको छ । आगामी अगस्त १९ देखि २२ सम्म हुने डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सनसम्म यो विषय अझ चर्किने र सम्भवत बाइडेन उम्मेदवार नबन्ने विश्वास व्यक्त गरिएको छ ।

बाइडेनको उम्मेदवारी अनिश्चित भएपछि यसको असर डेमोक्रेट पार्टीको लागि चन्दा संकलनमा परिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

डेमोक्रेटिक पार्टीका लागि निर्वाचन कोष सङ्कलन गर्ने नेक्स्ट जेनेरेशन पीएसीले समेत बाइडेनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न र उनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई मौका दिनुपर्ने भनेको छ । उनी बाइडेन भन्दा राम्रो उम्मेदवार साबित हुन सक्ने जिकिर गरिएको छ ।

नेटफ्लिक्सका सह-संस्थापक रीड हेस्टिङ्सले सार्वजनिक रूपमा बाइडेनले उम्मेदवारी छोड्नु पर्ने बताएका छन् । हेस्टिङ्स र उनकी श्रीमती प्याटी क्विलिन डेमोक्र्याटिक पार्टीका सबैभन्दा ठूलो दाता हुन् ।

एक परोपकारी संस्था चलाउने गिडोन स्टेनले बाइडेन दौडबाट फिर्ता नहुन्जेल उनको परिवारले दिने भनेको करोडौंको चन्दा रोकेको बताइएको छ । उनीहरुले अधिकांश दाताहरूले ट्रम्पलाई हराउन डेमोक्र्याटहरूले नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने विश्वास गरेका छन् । त्यस्तै डिज्नी कम्पनीका मालिक र फिल्म निर्माता अबिगेल ई. डिज्नीले बाइडेनले देशको धेरै सेवा गरेका छन्, तर डेमोक्र्याटहरूले अब नयाँ उम्मेद्वार नआएसम्म कुनै चन्दा नदिने बताएका छन् ।

धेरै जसो चन्दादाताले बाइडेनको उम्मेदवारी फिर्ता गर्नुपर्ने माग गरेपछि डेमोक्रेटिक पार्टी पनि दबाबमा परेको छ ।
  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?