Sunday, September 8, 2024

ट्रेन्डिङ :

अम्बानीको भव्य वैवाहिक कार्यक्रम र अतिथिको चर्चा

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन् ।

गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी दिनुभएको थियो । पार्टीमा पूर्व विश्व नेता, प्रबिधि क्षेत्रका ख्यातिप्राप्त व्यक्ति र भारतीय सिने जगत् (बलिउड) का सुप्रसिद्ध कलाकारसहित एक हजार २०० जनाको अतिथि सूची र प्रख्यात गायिका रिहानाको प्रस्तुति समावेश थियो । 

यो केवल उनीहरूको महिनौं लामो भव्य विवाहपूर्व समारोहको सुरुवात थियो । यसले विश्वका प्रसिद्ध पत्रपत्रिका तथा अनलाइनमा समाचारको मुख्य समाचारको स्थान पाएको थियो । सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो । 

मे महिनामा, अम्वानी परिवारले तीन दिने समारोहका अवसरमा अतिथिहरूलाई सुविधासम्पन्न पानीजहाजमा इटालीदेखि फ्रान्ससम्मको यात्रामा लगेको थियो । डेभिड गुएटाको डीजे सेट, केटी पेरीको सुप्रसिद्ध गीत ‘फायरवर्क’ र पिटबुलको प्रदर्शनको साथ यसलाई भव्य साङ्गीतिक माहोलबीच अन्त्य गरिएको थियो ।

उनान्तीस वर्षीय अनन्त अम्बानीले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्ने भएपछि यसको तयारीमा गरिएको विवाहपूर्वको पार्टी र उत्सवले निकै चर्चा पाएको थियो ।  

विश्वका नवौँ धनी र एसियाकै सबैभन्दा धनी व्यक्ति

फोब्र्स पत्रिकाका अनुसार दुलहाका पिता ६६ बर्षीय मुकेश अम्बानी हाल ११६ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ विश्वका नवौँ धनी व्यक्ति हुनुहुन्छ । उहाँ एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुनुहुन्छ ।  

उहाँको पेट्रोकेमिकल्स, र तेल र ग्याँस देखि दूरसञ्चार र खुदरासम्मको सेवाबाट वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने रिलायन्स इन्डष्ट्रिज एक विशाल व्यावसायिक समूह हो ।  

अम्बानी परिवारको अन्य सम्पत्तिका अलावा मुम्बईमा एन्टिला नामक २७ तले निजी अपार्टमेन्ट छ । यसको मूल्य मुम्बईमा एक अर्ब अमेरिकी डलर छ । यसमा तीनवटा हेलिप्याड, १६० कारको ग्यारेज, निजी सिनेमा हल, स्विमिङ पुल र फिटनेस सेन्टर छन् । 

अम्बानीका आलोचकहरूका अनुसार अम्बानीको कम्पनी सन् १९७० र ८० को दशकमा भारतीय काङ्ग्रेस सरकारको समयमा र सन् २०१४ पछि प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा राजनीतिक सम्बन्धका कारण फस्टाएको हो । भारतमा आसेपासे पूँजीवाद (क्रोनी क्यापिटलिज्म) ले अम्बानीजस्ता केही कर्पोरेसनलाई फस्टाउन मद्दत गरेको उनीहरूको भनाइ छ ।  

अम्बानीले आफ्ना दुई छोरा र छोरीलाई जिम्मेवारी हस्तान्तरण गर्न थाल्नुभएको छ । सबैभन्दा जेठो छोरा आकाश अम्बानी अहिले ‘रिलायन्स जियो’को अध्यक्ष हुनुहुन्छ । उहाँकी छोरी इशाले खुद्रा व्यापारको रेखदेख गर्नुहुन्छ भने कान्छो छोरा अर्थात् भावी दुलहा अनन्तलाई नयाँ ऊर्जा व्यवसायमा सामेल गरिएको छ ।  

दुलाहा र दुलहीको परिचय

रिलायन्स इन्डस्ट्रिजको वेबसाइटका अनुसार अनन्तले ब्राउन युनिभर्सिटीबाट स्नातक गर्नुभएको छ र समूहको नवीकरणीय र हरित ऊर्जा विस्तारसम्बन्धी जिम्मेवारी सम्हाल्नुभएको छ ।

उहाँले गृहनगर अर्थात् गुजरात राज्यको जामनगरमा तीन हजार एकड (लगभग १२ हजार हेक्टर) पशु उद्धार केन्द्र पनि चलाउनुभएको छ । उनीहरूले गृहनगर जामनगरमा मार्चमा अतिथिहरू भेला गरी असाधारण विवाहपूर्वको पार्टीमा उत्सव मनाएका थिए ।  

हुनेवाला बेहुली अर्थात् २९ वर्षीया राधिका मर्चेन्ट औषधि व्यवसायी भिरेन मर्चेन्टकी छोरी हुनुहुन्छ । उहाँ ‘एनकोर हेल्थकेयर’ का मार्केटिङ डाइरेक्टर हुनुहुन्छ ।  

सन् २०१७ मा दवै जनाका साथीमार्फत यी दुईको परिचय भएको उहाँले सञ्चारमाध्मलाई बताउनुभएको छ । “त्यो पहिलो भेटले हामीबीच केही विशेष कुरा जन्मायो, र हामीले ‘डेटिङ’ सुरु गरेको धेरै समय भएको छैन,” उहाँले भन्नुभयो ।

विवाह मिति र कार्यक्रम र अतिथि

स्थानीय सञ्चारमाध्यमका अनुसार विवाहको मुख्य समारोह जुलाई १२ मा हुनेछ भने जुलाई १४ मा भव्य भोज (रिसेप्शन) हुनेछ । अम्बानीको मुम्बई शहरमा रहेको जियो वर्ल्ड कन्भेन्सन सेन्टर र उनीहरूको पारिवारिक घरको बीचमा सेलिब्रेसन विभाजित हुने अपेक्षा गरिएको छ। 

हिन्दू रीतिरिवाजअनुसार दम्पतीको जन्मकुण्डलीको आधारमा मिति तय गरिएको र जुलाई १४ लाई शुभ मानिएको बताइएको छ । साथै परम्परालाई ध्यानमा राख्दै, विवाहको पारम्परिक कार्यक्रम र अनुष्ठानभन्दा सेलिब्रेसन पहिले हुनेछ । 

शुक्रबार भारतीय सामाजिक सञ्जालमा यो जोडीको सङ्गीतको भिडियोले भरिएको थियो, जहाँ दुलहा र दुलहीका परिवारले अतिथिहरूका लागि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा आलिया भट्ट, रणवीर सिंह, सलमान खान, जस्टिन बीबरलगायत बलिउड स्टारको पनि प्रस्तुति रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

परिवारले गत हप्ता ५० भन्दा बढी विपन्न दम्पतीका लागि सामूहिक विवाहको आयोजना पनि गरेको थियो । 

असाधारण पार्टीहरू अम्बानीहरूको विशेषता हो र अर्को हप्ताको घटनाहरूले अधिक सेलिब्रिटी, अर्बपति र विश्व नेताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । 

गत मार्चमा विवाहपूर्वको पार्टीमा बिल गेट्स, मार्क जुकरबर्ग, क्यानडा र कतारका पूर्व नेताहरुका साथै शाहरुख खान र दीपिका पादुकोणजस्ता बलिउडका ए–लिस्ट स्टारको पनि उपस्थिति थियो । रिहानाको अलावा, अकोन र अन्तर्राष्ट्रिय ख्याति कमाएका एक पञ्जाबी गायक दिलजीत दोसाँझले कोचेलामा प्रदर्शन गरेका थिए । 

सन् २०१८ मा, अम्बानीले छोरीको विवाह गरिदिँदा पनि भव्य उत्सवको कारण पत्रपत्रिकाले निकै महत्त्व दिएका थिए । छोरीको विवाह, विवाहमा सहभागी अतिथि र पप गायक बियोन्सेल साङ्गीतिक प्रस्तुति विवाहपूर्वको उत्सवमा प्रदर्शन गनसएभएको थियो । त्यतिबेला अमेरिकाका पूर्व विदेशमन्त्रीहरू हिलारी क्लिन्टन र जोन केरीले पश्चिमी भारतीय शहर उदयपुरमा भारतीय सेलिब्रेटी र बलिउड स्टारहरूसँगै विवाहमा सहभागी भएका थिए ।   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?