Tuesday, September 17, 2024

ट्रेन्डिङ :

लालबकैया नदीको बाँध क्षतिग्रस्त, मेयरसहित सुरक्षा निकायका प्रमुखहरुद्वारा निरीक्षण

सञ्जय मिश्रा, रौतहट । यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षती पुर्याएको छ । 

क्षतिग्रस्त बाँधको समयमा मर्मत सम्भार नभएको अवस्थामा जिल्लाको पुरबिभेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा आउने ठूलो बाढीले जनधनको ठूलो क्षती हुनसक्ने सम्भावना रहेको छ ।

यसैबीच लालबकैया नदी नियन्त्रणको लागि मौलापुर नगरप्रमुख मेयर रिना कुमारी साहले सक्रियतामा सोमवार रौतहट जिल्ला बिपद ब्यवस्थापन समितिद्वारा मर्यादपुरस्थित जोखिमपुर्ण बाँधको निरीक्षण तथा अनुगमन गरिएकोछ ।

मेयर साह, उपमेयर नागेन्द्र यादव, विपद व्यवस्थापन समितिका अध्यक्ष तथा सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिवेक कुमार साह, दलित मोर्चाका अध्यक्ष ठागा दास, सहीत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मौलापुर १ मर्यादपुरस्थित बाँधको निरिक्षण गरेको थियो ।

टोलीले बाँधमा देखिएका समस्याको समाधान गर्न समयमा पहल गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए। मर्यादपुर छेउ लालबकैया नदीको बाँधमा झण्डै सातसय मीटर क्षतिग्रस्त अवस्थामा देखिएको टोलीमा सहभागी सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन् । जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय परवानीपुरमा यस पटक आवश्यक बजेटको व्यवस्था नहुँदा आकस्मिक रुपमा नदी नियन्त्रणमा स्थानीय निकाय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिनुपर्छ अवस्था देखिएको सशस्त्रका एसपी हुमागाईंले जानकारी दिएका छन ।

मर्यादपुर छेउको बाँधमा नदीको पानी भन्दा पनि बर्षाको पानीले क्षती पुर्याएको अनुगमन टोलीको निष्कर्ष रहेको छ । हाल लालबकैया र बागमती नदीको कैयौँ स्थानमा बाँधमा देखिएको क्षतिको बर्षात सुरुहुनु अघि मर्मत गर्नुपर्ने आवश्यकता रहेको स्थानीयहरूले बताएका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?