Sunday, September 8, 2024

ट्रेन्डिङ :

कार्यस्थलको तनावबाट पीडित ईसीबी कर्मचारी सङ्ख्यामा वृद्धि : अध्ययन

कार्यस्थलको तनाव (बर्नआउट) बाट पीडित यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी) कर्मचारीहरूको सङ्ख्या हालैका वर्षहरूमा लगातार बढ्दै गएको एक अध्ययनले देखाएको छ । 

एएफपीले बिहीबार प्राप्त गरेको एक आन्तरिक रिपोर्ट अनुसार ईसीबीमा कार्यरत हरेक १० मा चार व्यक्ति यस्तो तनावबाट गुज्रिरहेको उल्लेख छ । 

सन् २०१६ मा इसिबीमा ‘बर्नआउट’ रिपोर्ट गर्ने कर्मचारीको सङ्ख्या २९.७ प्रतिशतबाट बढेर सन् २०२१ मा ३३.२ प्रतिशत पुगेको थियो भने सन् ईसीबीका कर्मचारीप्रतिनिधि र पिएसवाई एट वर्क नामक कन्सल्टेन्सीले गरेको अध्ययनअनुसार सन् २०२४ मा यो सङ्ख्या ३८.९ प्रतिशत पुगेको छ ।

अध्ययनमा १४६ जना कर्मचारीले आत्महत्या गर्नेसम्म सोच आउने गरेको उल्लेख गरेका थिए । यो सङ्ख्याले ९.१ प्रतिशत उत्तरदाताको प्रतिनिधित्व गर्छ र यो तीन वर्ष पहिले छ प्रतिशत थियो । 

यो निष्कर्ष मे महिनामा बैङ्कका करिब पाँच हजार १०० कर्मचारीमध्ये एक तिहाई अर्थात् एक हजार ६०० को प्रतिक्रियामा आधारित छ ।

रिपोर्टमा ईसीबी भित्र ‘खराब वा क्यारियर विकास योजनाको अभाव, अवसर र प्रेरणाहरूको कमी रहेका साथैे सनकवादको वृद्धिसँग सम्बन्धित प्रतिक्रिया आएको उल्लेख गरिएको छ ।

ईसीबीमा समानता पाउने बताउनेको तुलनामा बर्नआउट रिपोर्ट गर्नेहरूको दर उच्च भेटिएको थियो थियो । पिएसवाई एट वर्क नामक कन्सल्टेन्सीका अनुसार साना कम्पनीहरूमा बर्नआउटको दर १७ देखि २३ प्रतिशतको बीचमा रहेको छ ।

ईसीबीमा आईपीएसओ ट्रेड युनियनका उपप्रमुख कार्लोस बाउल्सले एएफपीसँग भन्नुभयो, “ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्ड र कार्यकारी समितिले ईसीबी कर्मचारीको मानसिक क्षतिको मूल कारण, पहिलो भर्ना र कामको बोझमा पक्षपातको बिषयबारेमा कर्मचारी चिन्तालाई सम्बोधन गरेर सुधार सुरू गर्नुपर्ने देखिएको छ ।”

“बर्नआउटबाट प्रेरित ‘खराब निर्णय र गल्तीलाई सच्चाउनु र सुधार गर्नु अबका दिनमा हामीलाई आवश्यक पर्ने अन्तिम चीजहरू हुन् र सबै कर्मचारीले ईसीबीलाई सही नीति छनौट गरोस् भनी हेरिरहेका छन्,” उहाँले अगाडि भन्नुभयो ।

ईसीबीका एक प्रवक्ताले एएफपीसँग भन्नुभयो, “हामी हाम्रा कर्मचारीहरूको स्वास्थ्य र कल्याणलाई धेरै गम्भीरतापूर्वक लिन्छौं ।”

उहाँले थप्नुभयो, “बैङ्कले पहिले पहिचान गरिएका मुद्दाहरूको जवाफ दिन उपायहरू अवलम्वन गरेको छ र कामको बोझ र रोजगारीका अवसरजस्ता मुद्दाहरूलाई सम्बोधन गर्न थप उपायको योजना बनाइएको छ ।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?