Saturday, September 7, 2024

ट्रेन्डिङ :

धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते

धनकुटा,४ साउन । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किंदा  १२ जना घाइते भएका छन् ।

धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

 घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ  । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?