Saturday, September 7, 2024

ट्रेन्डिङ :

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ ।

साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरुद्ध भएको छ ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन् । हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान नगर्ने भएका छन् ।

माइक्रोसफ्टले माइक्रोसफ्ट ३६५ एप र अन्य सेवाहरूमा प्रयोगकर्ताहरूलाई समस्या भएको र अहिले समस्याको अनुसन्धानर समाधानको प्रयास गरिरहेको जनाएको छ ।

अहिलेसम्म के समस्या आएको हो भन्ने स्पष्ट नभएपनि अस्ट्रेलियाको गृहमन्त्रालयलेले ग्लोबल साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकमा समस्या आएको बताएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?