Saturday, September 7, 2024

ट्रेन्डिङ :

एक्समा विश्वकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्बाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् ।

एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन् । एक्समा नरेन्द्र मोदीका फलोअर्सको संख्या १० करोड नाघेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै एलोन मस्कले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई छ ।’

विश्वका ठूला नेताहरू जसको धेरै फलोअरहरू छन् अमेरिकी राष्ट्रपति जो बाइडेन, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् ।

यद्यपि ट्रम्पलाई २०२१ देखि २०२३ सम्म यस प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पका ८.७७ करोड फलोअर्स छन् । जो बाइडेनका ३.८१ करोड फलोअर्स छन् भने एर्डोगनका २.१५ करोड फलोअर्स छन् ।

भारतीय नेताहरूमा राहुल गान्धीका २.६४ करोड फलोअर्स छन् । अरविन्द केजरीवालका २.७५ करोड फलोअर्स छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?