Saturday, September 7, 2024

ट्रेन्डिङ :

फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !

काठमाडौं । बलिवुड फिल्म ब्याड न्यूजले बक्स अफिसमा भने सुखद न्यूज पाएको छ ।

शुक्रबार रिलिज भएको विक्की कौशल, तृप्ति डिमरी र अमी विर्क अभिनित ब्याड न्यूजले भारतीय बक्स अफिसमा सुखद शुरुवात गरेको छ ।

शुक्रबार ८.६२ करोडको कमाई गरेको यस फिल्मले शनिबार १०.५५ करोड कमाई गरेको छ । दुई दिनमा फिल्मले १९.१७ करोड कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

यस फिल्मलाई आनन्द तिवारीले निर्देशन गरेका हुन् । फिल्ममा विक्की, तृप्ति र अमीका अलावा फातिमा साना सेख, सान्या मल्होत्रा, नेहा धुपियालगायतको पनि अभिनय रहेको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?