Saturday, September 7, 2024

ट्रेन्डिङ :

बंगलादेशबाट अहिलेसम्म १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।

बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ ।   
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?