Friday, October 18, 2024

ट्रेन्डिङ :

एमालेबाट बागमतीमा मन्त्री बन्ने नाम टुंगियो

हेटौडा । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ जना मन्त्रीको नाम टुंग्याएको छ ।

एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो ।

एमालेले यो पटक मन्त्री बनाउदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।

बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्दै छन् ।

त्यस्तै कांग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?