Saturday, September 7, 2024

ट्रेन्डिङ :

सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान

काठमाडौँ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गरेर नयाँ किर्तिमान बनाएकी छन् ।

आज अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसदमा बजेट प्रस्तुत गरिरहेकी छन् । यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ। यसले आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने सम्भावना छ।

यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौं बजेट हुनेछ । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए ।

बजेट प्रस्तुत गर्नुअघि सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको बताएका थिए । उनले यो अमृतकालको महत्वपूर्ण बजेट भएको बताए । यो बजेटले २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने मोदीले विश्वास व्यक्त गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?