Saturday, September 7, 2024

ट्रेन्डिङ :

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको, फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको हो ।

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस वापत लिएको पुष्टि भएको भन्दै सोहि रकम बराबरको बिगो कायम गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?