Sunday, September 8, 2024

ट्रेन्डिङ :

लुम्बिनीमा मुख्यमन्त्री आचार्य र ८ मन्त्रीले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका हुन् । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ मन्त्री बनेका छन् । 

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन् भने कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् । 

कांग्रेसले प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिना मन्त्री बन्ने बताइएको भएपनि विवाद भएपछि अन्तिम समयमा नाम काटिएको बताइएको छ । 

लुम्बिनीमा लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएका छन् । खाली खिएका २ मन्त्रालय उनीहरुलाई छुट्टयाइएको बताइएको छ ।

८७ सदस्यीय प्रदेश सभामा १० सांसद रहेको माओवादी केन्द्र तथा एक एक सांसद रहेका एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र मात्र विपक्षमा रहने देखिएको छ ।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?