Sunday, September 8, 2024

ट्रेन्डिङ :

सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहिबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख ४७ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?