Sunday, September 8, 2024

ट्रेन्डिङ :

कीर्तिपुरका नगर प्रमुख नकर्मीको स्वास्थ्य अवस्था गम्भीर

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ।

नगर उपप्रमुख शुभ लक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा नकर्मीको उपचार भइरहेको छ। 

उहाँले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिनुभयो।

मिर्गौलामा समस्या देखिएपछि नकर्मी नियमित डायलायसिस गराउँदै आउनुभएको छ। 

शाक्यले पछिल्लो एक महिनादेखि उहाँको स्वास्थ्यमा झनै समस्या देखिएको जानकारी दिनुभयो। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?